काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका– ५ र वुद्धभूमि नगरपालिका– ७, १० निवासी १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षीय पुरुषहरू र एकजना उमेर नखुलेका पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको छ । सोमबार पुष्टि भएका संक्रमित सबैको अवस्था सामान्य रहेको छ ।