जेठ ०७, २०८१, सोमबार
               

पाँचौँ पटकको नतिजा पनि पोजेटिभ

नेपाल फ्ल्यास
बैशाख २७, २०७७

ADVERTISEMENT

भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

यही वैशाख २४ गते केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो । कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेशन कक्षमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । 

यही वैशाख ३ गते र्‍यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद भेटिएपछि भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याइएसँगै उनी र उनका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा एक छोरासहित उनकाे स्वास्थयमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनीसँगै कोरोना पोजेटिभ देखिएका छोराको पुनःपरीक्षणका क्रममा नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले घर पठाएको छ । उनीहरु गत चैत ३ गते बेलायतबाट हङ्कङहुँदै चैत ५ गते पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ८ स्थित घर आइपुगेका थिए । यस्तै वैशाख २६ गते र आजका गरी ४६ नमूनाको अहिले भरतपुर कोभिड– १९ प्रयोगशालामा परीक्षण भइरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि