काठमाडौं । उदयपुरमा थप एक जनामा संक्रमण पुष्टि भएको छ ।
कोशी अञ्चल अस्पतालमा गरिएको स्वाब परीक्षणमा ४३ वर्षीया महिलामा संक्रमण भेटिएको हो । कोशी अञ्चल अस्पताल स्रोतले जानकारी दिए पनि स्वास्थ्य मन्त्रालयले भने यसको पुष्टि गरेको छैन ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ११० जना पुगेको छ । त्यसमध्ये ३१ जना उपचारपछि निको भइसकेका छन् ।