काठमाडौं । थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं र कोशी अस्पताल, विराटनगर प्रयोगशालाको परीक्षणमा उदयपुरको भुल्के निवासी १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तु निवासी १७, १८ र १८ वर्षका पुरुष र पर्सा छपकैया निवासी ६२ वर्षीय पुरुषमा नयाँ संक्रमित भेटिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।