मंसिर ०७, २०८१, शुक्रबार
               

कपिलबस्तुमा दुईजनामा संक्रमण पुष्टि, कुल संख्या १०१

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

काठमाडौं । कपिलबस्तुमा दुई पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा संक्रमितको संख्या १०१ पुगको छ । सरकारले उपचारपछि ठीक भएको संख्या २२ जना बताए पनि तीन जनामा पुन: संक्रमण देखिएको छ ।

कपिलबस्तु ८ का दुई युवकको उमेर १६ र २२ वर्ष छ । उनीहरूको स्वाब परीक्षण राष्ट्रिय प्रयोगशाला टेकुमा भएको थियो । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरूको ट्राभल हिस्ट्रीबारे मन्त्रालयले केही खुलाएको छैन ।


कस्तो लाग्यो ?

यो पनि