विराटनगर । विराटनगरको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेकामध्ये आठ जनालाई शुक्रबार डिस्चार्ज गरिने भएको छ । उपचार गराइरहेका उनीरहरूकाे काेराेना पुन:परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गर्न लागिएकाे हाे ।
तीनपटकसम्मकाे परीक्षणमा नतिजा नेगेटिभ आएपछि शुक्रबार बिहान डिस्चार्ज गर्ने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यलय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए । अस्पतालमा अहिले २५ जनाको उपचार भइरहेको छ ।