मंसिर ०७, २०८१, शुक्रबार
               

सांसदहरुको कोरोना परीक्षण सुरु

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना परीक्षण सुरु गरिएको छ ।

सांसदहरुमा कोरोना भाइरस संक्रमण भए–नभएको परीक्षण सुरु गरिएको हो । 

शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

राष्ट्रिय सभा सांसदहरुको परीक्षण बिहान १० बजेदेखि र प्रतिनिधिसभा सांसदहरुको ११ बजेदेखि पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने छ ।

संघीय संसद भवनकै ल्होत्से हलमा कोरोना परीक्षणको व्यवस्था मिलाइएको छ । एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ ।

सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलन गरिने छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले स्वास्थ्य मन्त्रालयलाई संसद भवन छिर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्थाका लागि आग्रह गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि