काठमाडौं : चीनले काेरोना नियन्त्रणका लागि नेपाललाई एन ९५ मास्क, पीपीइ र पञ्जा अनुदान दिएको छ ।
चीनले १० हजार एन ९५ मास्क, ३ लाख ३८ हजार डिस्पोजेबल मेडिकल मास्क, ९ हजार थान पीपीइ र पञ्जा नेपाल सरकारलाई दिएको चिनियाँ दूतावासले जनाएको छ ।
उक्त सामग्रीहरू नेपालस्थित चिनियाँ दूतावासमार्फत नेपाल सरकारका अधिकारीहरुलाई हस्तान्तरण गरिएको चिनियाँ दूतावासले बुधबार जानकारी दिएको छ ।
चीनले यसरी सहयोग गरे पनि चीनबाटै खरिद गरेर नेपाली सेनाले ल्याउने भनेको स्वास्थ्य उपकरण भने अझै आइपुगेको छैन । यतिबेला पीसीआर परीक्षणका लागि पर्याप्त किट नहुँदा नेपालमा परीक्षणको दायरानै खुम्चिएको छ ।
10000 KN95 masks, 338000 disposable medical masks and 9000 PPEs & goggles donated by the Chinese Embassy and the Department of Asian Affairs, MoFA of China were handed over to the MoHP of Nepal today!💪😷 pic.twitter.com/x32BhWPv4R
— Ambassador Hou Yanqi (@PRCAmbNepal) May 6, 2020