विश्वभर कोरोनाको महामारी फैलिरहेका बेला यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ । हाललाई यस संकटको घडीमा बजेटको केही हिस्सा बढी रकम स्वास्थ्यमा लगानी गर्नुुपर्ने देखिन्छ ।
तर, स्वास्थ्यमा बजेटको सदुपयोग र खर्च गर्न नसकेको कारण बेरूजु बढ्ने गरेको स्वास्थ्य विज्ञको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुँजीगत खर्च गरे पनि धेरै कार्यक्रममा बजेट खर्च गर्न नसकेको पूर्वसचिव डाक्टर सेनेन्द्र उप्रेतीको कथन छ ।
स्वास्थ्य क्षेत्रमा प्राथमिकता र आवश्यकताका आधारमा कार्यक्रम तथा योजना ल्याउन नसकेको कारण स्वास्थ्यमा विगत देखि नै बजेटको आकार बढ्न नसकेको उनी बताउँछन् ।
विनियोजित रकम पुर्णरुपमा खर्च नहुनुको मुख्य कारण स्वास्थ्यको नेतृत्व गर्नेहरु कमजोर भएको उनको बुझाइ छ । यता वैदेशिक सहयता समयमै निकासा नहँदा पनि रकम खर्च गर्न नसकिने उनी बताउँछन् ।
स्वास्थ्य सामाग्री विभिन्न मेसिन तथा इक्युमेन्ट खरिद प्रक्रिया लागि जाँचबुझ गर्न ढिलो हुँदा समेत विनियोजित रकम खर्च हुन ढिला हुने अवस्था आउने उनी बताउँछन् । स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन, खर्च र अनुगनलाई प्रभावकारिता बनाउनुपर्ने उनको तर्क छ ।