मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाविरुद्ध लडाईको अग्रमोर्चामा नेपालकी डा. रुना झा

नेपाल फ्ल्यास
बैशाख २०, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोनाविरुद्धको जैविक विश्वयुद्धको  पाँचौ अग्रपंति महिलामा नेपाली रुना झा परेकी छन् ।

संयुक्त राष्ट्र संघले कोरोना भाइरसबिरुद्धको यो लडाइँमा स्वास्थ्यमोर्चाको अग्रपंक्तिमा रहने पाँच महिला स्वास्थ्यकर्मीको नाम सार्वजनिक गरेको छ । पाँच महिला मध्ये नेपालकी डा.रुना  पनि रहेकी हुन् ।

संयुक्त राष्ट्रसंघ (ओमेन महिला) विभागले झाको नाम उत्कृष्ट पाँच डाक्टरमा उनको नाम समावेश गरेको हो । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा झा कार्यरत छिन् । उनले दैनिक औसत ७० जनाको स्वास्थ्य रिपोर्ट टुङ्गो लगाउने गरेकी उल्लेख छ । 

ओमेनसँग कुराकानीको क्रममा उनले भनेकी छन्- 'फेब्रुअरीको मध्यतिर 175 नेपाली विद्यार्थी चीनको वुहानबाट घर फर्किएपछि म मेरो टिम सकृय रुपमा लागि परेका छौं ।' उनी थप्छिन्-  'यो हाम्रो लागि धेरै गाह्रो समय हो, र मैले उनीहरूलाई उत्प्रेरित गर्नुपर्दछ। उनीहरूको सुरक्षा हाम्रो प्राथमिकता हो ।'


कस्तो लाग्यो ?

यो पनि