नेपालगन्ज । नेपालमा कोरोना संक्रमित दुई जना थपिएका छन् । योसँगै कुल संक्रमित संख्या ५९ पुगेको छ ।
भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो । त्यसमध्ये एक जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब परीक्षण गरिएको थियो भने अर्काको नेपालगन्जमै पीसीआर बिधिबाट परीक्षणमा गरिएको थियो ।
नयाँ संक्रमितमध्ये एकजना विदेशबाट आएका हुन् । अर्का रुपन्देहीका बासिन्दाको नेपालगन्जमा आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।
— Ministry of Health & Population, Nepal (@mohpnep) May 1, 2020