मंसिर ०७, २०८१, शुक्रबार
               

रिस र तनावले बनाउँछ रोगी

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

प्राणी भएपछि रिस, शोक, डर, चिन्ता र तनाव हुने कुरा सामान्य हुन् र यी कुरा हरेक मानिसमा पनि हुने गर्दछ । यी सबै प्रकृतिले नै दिएको मानिसमा हुने कुराहरु हुन् ।

हामी मानिस हौँ र हामीलाई रिस उठ्ने, डर चिन्ता लाग्ने , तनाव हुने कुराहरु स्वाभाविक हो । तर, यी कुराले हाम्रो शरिरमा भएका कुनै न कुनै भागलाई असर गरिरहेको हुन्छ ।

रिसले कलेजोलाई कमजोर बनाउने काम गर्छ । त्यसैगरी, शोकले गर्दा हाम्रो फोक्सो कमजोर हुन्छ । डराउँदा मृगौला कमजोर हुन्छ भने तनावले हाम्रो मुटु र मस्तिष्कलाई कमजोर बनाइदिन्छ ।

त्यसैगरी, हामीले अत्यधिक चिन्ता लिँदा हाम्रो आमाशय कमजोर हुने गदर्छ । सम्भवतः यही कारण नै हुन सक्छ, अत्यधिक चिन्ता गर्ने मानिसको पाचनप्रणालीले राम्रोसँग काम गर्न सक्दैन । 

यी कुराहरु जो कोही मानिसमा हुन्छ तर धेरै रिस, डर, चिन्ता र तनाव लिने मानिसहरुमा विभिन्न प्रकारका शारिरिक रोगहरु उत्पन्न गर्ने गर्दछ । यस्ता कुराहरुलाई हामीले हाम्रो आत्मनियन्त्रणका विधिहरु जस्तै, योग, ध्यान र शारीरिक व्यायामबाट भने कम गर्न सक्छौँ ।
 


कस्तो लाग्यो ?

यो पनि