बैशाख २३, २०८१, आइतबार
               

‘कोरोना भाइरसको औषधि प्राकृतिक पद्धतिबाट सम्भव छ’

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसको  उपचार प्राकृतिक पद्धतिबाट सम्भव हुने लौरेश्वर बाबाले बताएका छन् । 

विगत १४ वर्षदेखि तपस्यमा लिन रहेका बाबाले मानिसको शरीर पञ्चतत्वले बनेको जानकारी भन्दै उनले हाल विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको उपचार पनि प्राकृतिक पद्धितिबाट सम्भव रहेको बताए । अहिले पनि उनी जंगलकाे बीचमा बनेकाे एक आश्रममा बस्दै आएका छन् ।

प्राकृतिक पद्धतिबाट कोरोना भाइरस निको हुनेमा विश्वस्त हुने बताउँदै उनले भने, ‘यदि सरकारले विश्वास गर्छ भने प्राकृतिक पद्धतिबाट कोरोनाको औषधि तयार गर्न तयार छु ।’

उनी हाल सोलुखुम्बुको गौरिटापमा साधनरत छन् । साधनारत बाबा सामाजिक सञ्जलमार्फत सामाजिक सचेतनाका लागि सक्रिय छन् ।
पछिल्लो समय विद्यमान कोरोना भाइरस महामारीमा देखिएका राजनीतिक फोहोरी घटनालक्षित हुँदै आमसञ्चारमाध्यमबाट राजनीतिक नेतृत्वलाई सही बाटोमा हिँड्न पनि उनले सुझाब दिएका छन् । 
 

यो पनि