असोज ०६, २०८१, आइतबार
               

उदयपुरमा ७८ जनामा परीक्षण गर्दा ७३ जनाको रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

काठमाडाैं । उदयपुरको त्रियुगा नगपालिका–३ भुल्केसहित अन्य स्थानमध्ये दुई स्थान चौदण्डी नगरपालिकाको सिवाइ र त्रियुगा नगरपालिकाको मोतीगडाको नमुना स्वाब संकलनमा ७८ जनामध्ये ७३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

त्यसैगरी बाँकी पाँचको आउन रिपोर्ट आउन बाँकी छ ।

शनिबार बिहानसम्मको रिपोर्टले दुवै क्षेत्रका ७८ व्यक्तिमध्ये ७३ को रिपोर्ट नेगेटिभ आएको र बाँकी पाँच जनाको आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए । 

बाँकी पाँच जनाको पनि रिपोर्ट नेगेटिभ नै आउन सक्ने अवस्था रहेका कारण अब उदयपुरको सिवाइ र मोतीगडा खतरायुक्त स्थानमा राखिएको भए पनि सो दुई स्थानको अवस्था सामान्यतिर गएको प्रमुख सुवेदीले बताए । 

स्वास्थ्य कार्यालयका अनुसार तीन दिनअघि मात्र प्रदेश नं १ जनस्वास्थ्य प्रयोगशाला विभागबाट प्रदेशका सामाजिक विकासमन्त्री जीवकुमार घिमिरेको प्रत्यक्ष उपस्थितिमा उदयपुरको चौदण्डी नगरपालिकाको सिवाइमा ५८ जना र त्रियुगा नगरपालिकाको मोतीगडमा २० जना व्यक्तिको नमुना स्वाब संकलन गरेर परीक्षणका लागि विराटनगर लगिएको बताइएको छ । 

भुल्केसहित जिल्लामा आठ स्थान कोरोनाको खतरायुक्त स्थानका रुपमा राखिएकामा अब सिवाइ र मोतीगडा क्षेत्रमा खतरा अवस्था नरहेको रिपोर्टले देखाएको पनि स्वास्थ्य कार्यालयका प्रमुख सुवेदीले बताए । 

अब जिल्लाको त्रियुगाको मोथ्याइ, खैजनपुर, जोगिदह देउरी र जलजलेसहितका स्थान खतरायुक्त सूचीमा राखिएका कारण सो स्थानमा स्वाब नमूना संकलन गर्ने तयारी गरिएको पनि स्वास्थ्य कार्यलयले बताएको छ ।

भुल्केमा मात्र २८ जनामा कोरोना संंक्रमणको अवस्था भेटिएपछि भुल्केका स्थानीयसँगै आवतजावत गर्ने स्थान मोतीगडा, सिवाइ, मोथ्याइ, जोगीदह, देउरी र जलजले क्षेत्रलाई स्वास्थ्य कार्यालयले खतरायुक्त स्थानको सूचीमा राखेको जनाएको छ । 

अहिले पनि भुल्केसहित जिल्लाका यी स्थानमा दैनिक प्रहरी तथा सुरक्षाकर्मीले रेखदेख गर्ने र निगरानीमा राखेर स्थानीयवासीलाई अन्यत्र हिँडडुल गर्न नदिएको तथा अन्यत्रबाट पनि यी स्थानमा प्रवेशमा रोक लगाइएको प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए । 


कस्तो लाग्यो ?

यो पनि