बैशाख २७, २०८१, बिहीबार
               

नेपाल कोरोना जोखिम अतिउच्चबाट उच्चमा

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले नेपालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा गरेको उपचार पद्धति देखेर डब्लुएचओले अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको बताएका छन् । 

नेपालले बन्दाबन्दी तथा अन्तरर्राष्ट्रिय र भारतीय नाका बन्द गरेपछि संक्रमणको जोखिम कम गरेकाले अति उच्चबाट उच्च जोखिममा झारेको बताए । 

‘नेपालले समयमै गरेको लकडाउन गरेर बाहिरबाट संक्रमित आउने सम्भावना देखिएन’, उनले भने, ‘त्यसैले नेपाल कोभिड –१९ को अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।’

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाका कारण नेपाल एक स्टेप तल झरेको जनाएको हो । 

डब्लुएचओले छिमेकी मुलुक चीनको वुहान सहरमा कोरोना भाइरस देखिएको र भारतसंँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिम राखेको थियो । 


कस्तो लाग्यो ?

यो पनि