बैशाख २०, २०८१, बिहीबार
               

भारतमा कोरोना संक्रमण र मृत्यु बढ्दो, यस्तो छ सार्क मुलुकको अवस्था

नेपाल फ्ल्यास
बैशाख १३, २०७७

ADVERTISEMENT

काठामाडौं । भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएको छ । संक्रमणसँगै त्यहाँ मृत्युको सङ्ख्या पनि थामिएको छैन ।

इटालीलगायतका मुलुकमा कुल संक्रमितको १२ प्रतिशतभन्दा बढीको मृत्यु भएकोमा भारतमा मृत्यु दर ३ प्रतिशतको हाराहारीमा छ । यो सामग्री तयार गर्दासम्म भारतमा २४ हजार ५३० जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ७८० जनाको मृत्यु भएको छ । यो कुल संक्रमितको ३ दशमलव १७ प्रतिशत हो । भारतमा ५ हजार ४९८ जना उपचारपछि निको भएका छन् ।

भारतमा शुक्रबारमात्रै १ हजार ४०८ जना संक्रमित थपिए भने ५९ जनाको मृत्यु भएको थियो । भारतमा पछिल्लो एक सातामा औसत १२ सयभन्दा बढी संक्रमित थपिने गरेका छन् ।

सार्कको अर्को देश पाकिस्तानमा पनि संक्रमण बढ्दो छ । पाकिस्तानमा ११ हजार ९४० जना संक्रमित देखिएका छन् । त्यहाँ २५३ जनाको मृत्यु भइसकेको छ । पाकिस्तानमा कुल संक्रमितको २ दशमलव ११ प्रतिशतले ज्यान गुमाएका छन् । त्यहाँ २ हजार ७५५ जना निको भएका छन् ।

पाकिस्तानमा पछिल्लो एक सातामा दैनिक ७ सयको हाराहारीमा संक्रमित थपिएका छन् । शुक्रबार ८८३ जनामा संक्रमण पुष्टि भएको थियो भने १८ जनाको ज्यान गएको थियो ।

सार्क सदस्य मुलुकमध्ये माल्दिभ्स, नेपाल र भुटानले अहिलेसम्म मानवीय क्षति व्यहोर्नु परेको छैन । सबैभन्दा कम संक्रमण भुटानमा ७ जना देखिएको छ । त्यसमध्ये ३ जना उपचारपछि ठिक भइसकेका छन् ।

यस्तो छ सार्क मुलुकमा कोरोनाको असर

  देश संक्रमित मृत्यु निको
भारत
India
२४,५३० ७८० ५,४९८
पाकिस्तान
Pakistan
११,९४० २५३ २,७५५
बंगलादेश
Bangladesh
४,६८९ १३१ ११२
अफगानिस्तान
Afghanistan
१,३५१ ४३ १८८
श्रीलंका
Sri Lanka
४२० १०९
माल्दिभ्स
Maldives
१२९ १६
नेपाल
Nepal
४९ ११
भुटान
Bhutan

कस्तो लाग्यो ?

यो पनि