मंसिर ०७, २०८१, शुक्रबार
               

सबै गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिने

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

काठमाडाैं । कोरोना परीक्षण गर्न सबै पालिकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै पालिकामा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गर्ने जानकारी दिएको छ । 

साथै, स्वास्थ्य मन्त्रालयले केही स्थानीय तहमा जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा नर्स एक–एकजना रहेको टोली परिचालन गरिएको जानकारी दिएको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा दुई वटा, उपमहानगरपालिकामा तीवटा र महानगरपालिकामा पाँचवटाका दरले टोली परिचालित गरिने बताए । 

‘उनीहरुले कोराना शंकास्पद व्यक्ति र उनीहरुको निकट सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाएर स्वास्थ्य परीक्षण गर्नेछन्,’ उनले भने, कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणमा सहजीकरण गर्ने उद्देश्यले उहाँहरु त्यहाँ परिचालन हुनुहुन्छ ।’

सो समूहमा स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मीलाई पहिले पठाउने बताउँदै जनशक्ति अपुग भएमा मात्र जिल्ला स्वास्थ्य कार्यालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माग गर्न सकिने उनले बताए । 

उनले बिहीबार प्रदेश १ को प्रादेशिक प्रयोगशाला र प्रादेशिक स्वास्थ्य कार्यालयको संयुक्त सहयोगमा ७८ जनाको थ्रोट स्वाब नमुना संकलन गरी परीक्षणका लागि कोसी अस्पताल विराटनगरमा पठाइएको बताए । 

यी नमुना उदयपुरको चौदण्डीगढी र त्रियुगा नगरपालिकाका विभिन्न ठाउँमा संकलन गरिएको बताए । 

‘खासगरी जमाती टोली भुल्के र मस्जिदमा आउनुअगाडि उहाँहरु बसेको मस्जिद वरिपरि बसेका परिवारहरुबाट यो नमुना संकलन गरिएको छ,’ डा. देवकोटाले भने, ‘अरू थप नमुना परीक्षण गर्ने योजनाअनुरुप नमुना संकलन गरिरहेका छौँ ।’

उनले करिब १५ सय स्वाब नमुना संकलन गर्न प्रदेश २ का आठवटै जिल्लामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले जानकारी दिए ।

यो पनि