असोज ०६, २०८१, आइतबार
               

विश्व स्वास्थ्य संगठनका प्रतिनिधिसहित एक टोली उदयपुरको झुल्केमा

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

काठमाडाैं ।  विश्व स्वास्थ्य संगठनसहितको टोली उदयपुरको झुल्के पुगेको छ । उदयपुरको भुल्केका २८ जनामा कोरोना संक्रमण देखिएपछि संक्रमणको कारण पत्ता लगाउन सो टोली उदयपुर पुगेको हो । 

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले विश्वस्वास्थ्य संगठनका सदस्यसहितको  सो टोलीले उदयपुरमा कोरोना फैलिनुको कारण एक हप्ताभित्र पत्ता लगाइ रिपोर्ट पेस गर्ने जानकारी दिएका छन् । 

सो टोलीमा एकजना विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र चारजना जनस्वास्थ्य विज्ञ रहेको स्वस्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

टोलीले संक्रमण फैलिएको भुल्केमै पुगेर अनुसन्धान थालिएको छ । गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेको १६ जनामध्ये १२ जनामा कोरोना पुष्टि भएको थियो ।

बाँकी चारजनामा पछि संक्रमण पुष्टि भएपछि सो क्षेत्रलाई उच्च जोखिमको रुपमा लिइएको छ । 

अहिले उदयपुरको भुल्केमा मात्र २८ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरूको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ ।

गत शुक्रबारदेखि नै भुल्के बस्ती सिल गरिएको छ । बस्तीमा खाद्यवस्तुदेखि सबै कुरा नगरपालिकाले व्यवस्था गर्दै आएको छ ।

यो पनि