मंसिर ०७, २०८१, शुक्रबार
               

जनकपुरको कोरोना रिपोर्ट काठमाडौंमा पुनः परीक्षण गरिने

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको कोरोना परीक्षणको नमूना अब पुनः परीक्षणका लागि काठमाडौं समेत पठाइने भएको छ ।

सर्लाहीका बालकको परीक्षणमा नेगेटिभ देखिए पनि काठमाडौंमा परीक्षण गराउँदा पोजेटिभ देखिएपछि यो अस्पतालमा हुने परीक्षण पुनः परीक्षण गरिने भएको हो ।

सर्लाहीको धनकौल गाउँपालिका ५ का १४ वर्षीय किशोर गत वैशाख ५ गते प्रादेशिक अस्पताल जनकपुरधाममा पीसीआर टेस्ट गराउँदा नेगेटिभ रिपोर्ट आएको थियो । त्यसपछि अस्पतालबाट उनलाई डिस्चार्ज गरियो । 

तर उनै किशोरको स्वाब काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । त्यसैले मेसिनमै समस्या पो हो कि भन्ने आशंका गरिएको छ ।

जनकपुरधाममा गत चैत २१ गतेदेखि पीसीआर मेसिन स्थापना भई परीक्षण सुरु भएको थियो ।

 यो मेसिनबाट बिहीबारसम्म सय वटा स्वाब परीक्षण भइसकेको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


कस्तो लाग्यो ?

यो पनि