काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड १९) का एक संक्रमित युवा आज (बुधबार) डिस्चार्ज हुने भएका छन्।
युएईबाट आएका धादिङका ३२ वर्षीय युवा निको भएपछि अस्पतालले उनलाई डिस्चार्ज गर्न लागेको हो ।
यही चैत ६ गते एयर अरेबियाको विमानबाट उनी काठमाडौँ आएका थिए। काठमाडौं आएर उनी काठमाडौंकै एक होटेलमा बसेका थिए।
चैत १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालको आइसोलेसनमा उपचाररत थिए।