काठमाडौं । कोरोना भाइरस संक्रमणका विरामी बढ्दै गएपछि उदयपुर जिल्ला सिल गरिएको छ । हालसम्म उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।
जिल्लामा संक्रमणको उच्च जोखीम बढ्दै गएपछि प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।