मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना जितेर घर फर्किए धनगढीका पहिलो संक्रमित

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

कैलाली । धनगढीमा पहिलो कोरोना संक्रमण देखिएका युवक निको भएर घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालले मंगलबार उनलाई डिस्चार्ज गरेको हो ।

धनगढी उपमहानगरपालिका ५ का ३४ बर्षीय युवकको लगातार दुईपटकसम्म कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनलाई आज डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता फिजिसियन डा. जगदिश जोशीले जानकारी दिए ।

दुबइबाट दिल्ली हुँदै काठमाडौं र त्यहाँबाट नेपालगन्ज भएर धनगढी पुगेका ती युवकमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सुरुका तीन वटा परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखाएको थियो ।

यसअघि आइतबार सेतीमै उपचाररत लम्कीका २१ बर्षीय संक्रमित युवक पनि डिस्चार्ज भएका थिए । सेतीमा मंगलबार डिस्चार्ज भएकाका एक आफन्तसहित तीन जना संक्रमितको उपचार भने जारी छ । तिनै जनाको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि