मंसिर ०७, २०८१, शुक्रबार
               

उदयपुरमा थपिए एक संक्रमित, नेपालमा कुल संख्या ३२ पुग्यो

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा एक जना संक्रमित थपिएका छन् । उदयपुरबाट संकलित स्वाबलाई राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३३ वर्षीय युवक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको छ भने त्यसमध्ये ४ जना निको भइसकेका छन् ।

यसअघि उदयपुरको मस्जिदमा रहेका १३ जनामा संक्रमणको पुष्टि भएको थियो । उदयपुरबाट नेपाली सेनासहितको टोलीले संकलन गरेको नमुना परीक्षणमा त्यो संक्रमण भेटिभएको हो । त्यहाँबाट ल्याइएका सबै स्वाब परीक्षण भइसकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि