मंसिर ०७, २०८१, शुक्रबार
               

२ अर्ब २५ करोडभन्दा बढीको स्वास्थ्य सामग्री ल्याउने सम्झौता

नेपाल फ्ल्यास
बैशाख ०९, २०७७

ADVERTISEMENT

काठमाडाैं । नेपालले २ अर्ब २५ करोडभन्दा बढीको स्वास्थ्य सामग्री ल्याउन चीनसँग सम्झौता गरेकाे छ ।  

सरकारले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन ९५ मास्क लगायतका स्वास्थ्य सामग्री ३ सय ४० टन ल्याउने गरी सम्झौता चीनसँग गरेकाे भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । 

उनले भने, ‘१ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोडभन्दा बढीको  सामान ल्याउनेसम्झौता भएको छ ।’

उनले सम्झौता भएका सामग्री  ल्याउन हवाई र स्थल दुवै मार्गको प्रयोग गरिने बताए । 

चैत १६ मा सरकारले स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिएपछि सेनाले स्वास्थ्य सामग्री ल्याउन चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य उपकरण र औषधि बिक्रीका लागि प्रस्ताव राखेको थियो ।

यो पनि