बाजुरा । आगोले पोलेर घाइते भएका यहाँस्थित पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिका–६ कोटिलाकी ३५ वर्षीया गौचन मियाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसक्दा सोमबार काठमाडौँ लगिएको छ ।
आगोले जलेर गम्भीर घाइते भएका उनी अस्पताल शय्यामा अलपत्र परेको समाचार सञ्चारमाध्यममा आएपछि उनलाई थप उपचारका लागि उद्धार गरिएको नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष प्रकाशबहादुर सिंहले जानकारी दिए ।
अर्थाभावमा परेका मियाँलाई नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठानको सहयोगमा थप उपचारका लागि काठमाडौँँ पठाइएको हो ।