मंसिर ०७, २०८१, शुक्रबार
               

काेराेना संक्रमण: नेपालमा निकाे हुनेकाे संख्या ४ पुग्यो

नेपाल फ्ल्यास
बैशाख ०७, २०७७

ADVERTISEMENT

विभिन्न अस्पतालमा उपचाररत कोरोना संक्रमितमध्ये चार जना निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा आइतबारसम्म विभिन्न अस्पतालमा उपचाररत ४ जना निको भएर घर फर्किएको बताएको छ । बागलुङको धौलागिरी अस्पतालबाट ६५ वर्षिया मनकुमारी पौडेल र टेकु अस्पतालबाट १९ वर्षिया प्रसिद्धि श्रेष्ठ शनिबार निको भएर फर्किएका छन् । आइतबार कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत २१ युवा पनि शनिबार नै डिस्चार्ज भएसँगै निकाे हुनेकाे संख्या ४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बताए ।

चीनबाट आएका कोरोना संक्रमित यसअघि नै डिस्चार्ज भइसकेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । अहिले २७ जना उपचाररत रहेका छन् । शनिबार उदयपुरमा एकजनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ३१ पुगेको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आइतबारसम्म पिसिआर विधिबाट ८ हजार ८१ जनाको परीक्षण गरिएको छ । आरडिटी विधिबाट २१ हजार ४ सय ८६ जनाको परीक्षण गरीएको उनले बताए । छिल्लो २४ घण्टामा २१ सय ६८ वटा परीक्षण भएका छन् । 

क्वारेन्टाइनमा ५ हजार १ सय ८० जना रहेका छन् । उपत्यकामा ५ र बाहिर ९८ गरी १ सय ३ जना आइसोलेसनमा रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि