काठमाडाैं । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले कोरोना रोकथाम तथा व्यवस्थापनका लागि स्थापना गरेको कोषमा सहयोग गर्ने दाताले रकम जम्मा गर्ने क्रम बढिरहेको छ ।
उक्त काेषमा गाउँपालिकाले १० लाख र गण्डकी प्रदेशको पाँच लाख गरी १५ लाखबाट सुरुवात गरिएको सो कोषमा हालसम्म ३८ लाख २० हजार २५० जम्मा भएको काठेखोला गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाले स्थापना गरेको कोषमा विभिन्न संघसंस्था, प्रवासी नेपाली, सहकारी, विभिन्न व्यक्ति, गाउँपालिकाका कर्मचारी र शिक्षकले सहयोग गर्दै आएको काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम विश्वकर्माले जानकारी दिए ।
कोषबाट गाउँपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक अत्यावश्यक उपकरण, औषधि, स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन र राहत वितरण गरिने विकको भनाइ छ । कोषमा सबैभन्दा बढी व्यक्तिगतरूपमा प्रभु बैंकका कार्यकारी निर्देशक अशोक शेरचनले एक लाख सहयोग गरेका छन् ।