बैशाख २१, २०८१, शुक्रबार
               

बागलुङकी ६४ वर्षीया संक्रमित महिला पनि डिस्चार्ज

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

कोरोना भाइरसको संक्रमण जितेर अस्पतालबाट घर फर्किँदै बागलुङकी ६४ वर्षीया महिला
ADVERTISEMENT

बागलुङ । बागलुङकी ६४ वर्षीय मनकुमारी पौडेलले कोरोना संक्रमणलाई जितेकी छिन् ।

शनिबार गरिएको परीक्षणमा पनि कोरोना नेगेटिभ रिपोर्ट आएपछि उनलाई धवलागिरी अञ्चल अस्पतालले डिर्चार्ज गरेको हो ।

योसँगै नेपालमा निको हुनेको संख्या ३ पुगेको छ । कुल ३१ संक्रमितमध्ये २८ जना भने उपचारका क्रममा अस्पतालमा छन् । शनिबारमात्रै एक जना संक्रमित थपिएका हुन् ।

बागलुङकी ती महिलाको लगातर दोस्रो दिन नतिजा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालबाट बाहिरिएपछि ६४ वर्षीया मनकुमारीले आत्मविश्वासले रोगलाई जितेको बताइन् । उनले परिवार तथा चिकित्सकलाई धन्यवाद दिएकी दिइन् ।

ती महिला चैत ४ गते बेल्जियमबाट आएकी थिइन् । संक्रमण देखिएपछि उनी चैत २० गते अस्पताल भर्ना भएकी थिइन् । बेल्जियमबाट सँगै आएकी उनी नातेदार पर्ने १९ वर्षीया युवतीमा भने कोरोना पोजेटिभ नै देखिएपछि बागलुङमै अस्पतालमा उपचार भइरहेको छ ।

६४ वर्षीय महिलाभन्दा पहिले ती युवतीलाई संक्रमण देखिएको र अस्पताल भर्ना गरिएको थियो ।

शनिबार नै नेपालकी दोस्रो कोरोना संक्रमित १९ वर्षीया प्रसिद्धि श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएकी हुन् । उनी चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएकी अस्पताल भर्ना भएकी थिइन् । चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै उनी नेपाल आएकी थिइन् । उनीसँगै भियतनाम आएकी साथीलाई कोरोना संक्रमण देखिएकोले उनी स्वयं अस्पताल गएकी थिइन् ।

प्रसिद्धीले परिवार र आफन्तलाई धन्यवाद ज्ञापन गर्दै घरमै बसेर स्वास्थ्यमा ख्याल गर्न र सजग तथा सचेत रहन एवं नआत्तिन सबैलाई आग्रह गरेकी छिन ।


कस्तो लाग्यो ?

यो पनि