बैशाख २१, २०८१, शुक्रबार
               

नेपालमा थपिए एक संक्रमित, कुल ३१ जनामा संक्रमण

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार ६५ वर्षीय एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । 

मन्त्रालयका अनुसार शनिबार गरिएको पिसिआर परीक्षणमा थप एक जनामा संक्रमण देखिएको हाे । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

६५ वर्षीय ती पुरुष उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय नागरिक हुन् । उनका थप १२ जना साथीहरूलाई कोरोना संक्रमण शुक्रबार नै पुष्टि भएको थियो । त्यसमध्ये ११ जना भारतीय नागरिक छन् । 

योसँगै नेपालमा संक्रमितको संख्या ३१ पुगेको छ । शुक्रबार एकैदिन १४ जना संक्रमित थपिएका थिए । शनिबारसम्ममा ३ जना उपचारपछि निको भएर घर फर्केका छन् ।


कस्तो लाग्यो ?

यो पनि