बैशाख २१, २०८१, शुक्रबार
               

एनसिसी बैंकद्वारा एक करोड सहयोग

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ प्रदान गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालका अनुसार उक्त रकममध्ये ६५ लाख सङ्घीय सरकारले स्थापना गरेको कोषमा र  पाँच/पाँच लाख गरी जम्मा ३५ लाख सातवटै प्रदेशले खडा गरेको कोषलाई प्रदान गरिएको हो ।

आज बैंकले सङ्घीय सरकारले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरिदिएको हो भने प्रदेश सरकारले स्थापना गरेको कोषमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकम बराबरको चेक बैंकका प्रतिनिधिमार्फत प्रदान गरिएकोे हो ।

बैंकले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ । कोरोना भाइरस सङ्क्रमणको महामारी रोक्न, नियन्त्रण तथा सङ्क्रमितको उपचारमा मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि