बैशाख २१, २०८१, शुक्रबार
               

६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य अधिकृत सुरज गुरौले ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको बताएका हुन् ।

उनले भने, ‘६५ वर्षीया वृद्धामा कोरोना नेगेटिभ देखिएकाले डिस्चार्ज गर्ने तयारी भइरहेको छ ।’

उनी नेपालको छैटौं कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामी हुन् । 

चैत २० मा संक्रमण पुष्टि भएसँगै उनलाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।

उनी चैत ४ गते उनी बेल्जियमबाट कतार एयरको क्युआर ६५२ को फ्लाइटबाट नेपाल आएकी थिइन् ।

सोही जहाजमा आएकी एक युवती पनि शनिबारै कोरोनामुक्त भएर घर गएकी छिन् भने बागलुङकै अर्की युवतीको हाल धौलागिरि अस्पतालमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि