बैशाख २१, २०८१, शुक्रबार
               

सुर्खेतका युवाले बनाए शरीर निर्मलीकरण गर्ने उपकरण

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडाैं । सुर्खेतका दुई युवाले शरीर निर्मलीकरण गर्ने उपकरण तयार गरेका छन् । 

युवा वैज्ञानिकका रुपमा ख्याति कमाएका दाजुभाइ राजेन्द्र विष्ट र श्यामकुमार विष्टले शरीर निर्मलीकरण गर्ने ‘वाक थ्रो स्यानिटाइजर गेट’ नामक सो उपकरण बनाएका हुन् । 

उक्त उपकरण कोरोना भाइरसलगायत अन्य किटाणु नष्ट गर्न उपयोगी हुने उनीहरुले बताए । 

साइन्स फिजिक्सका अनुसन्धानकर्तासमेत रहेका राजेन्द्र बायो केमिस्ट तथा श्यामकुमार विष्टले नेपालमै पहिलोपटक आफूहरुले यस प्रकारको उपकरण बनाएको दाबी गरेका छन् । 

उनीहरुले सो उपकरणबाट केमिकल स्पे्र गराएर तत्कालै व्यक्तिलाई भाइरसरहित गराउन सकिने जानकारी दिए । 

उक्त उपकरणमा स्यानिटाइजर गेटमा प्रवेश गर्ने र फर्किने दुईवटाद्वार रहेको उनीहरुले बताए । उनीहरुले भने, ‘प्रवेश गर्दा मेसिनमा रहेको सेन्सरले मोटर सञ्चालन गर्दछ ।’

यो मेसिन प्रयोग गरेर दैनिक सयौँ मानिसलाई पूर्ण रुपमा किटाणुरहित गराउन सकिने राजेद्रले बताए । ‘सेवाग्राही तथा कर्मचारीको भीडभाड बढी हुने कार्यालयमा स्यानिटाइजर गेट निर्माण गर्दा धेरै उपयोगी हुन्छ,’ उनले भने ।

यो पनि