बैशाख २१, २०८१, शुक्रबार
               

भक्तपुरमा ३४१ को नतिजा नेगेटिभ

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

भक्तपुर । कोरोना भाइरस सङ्क्रमण परीक्षण गरेका भक्तपुरका ३४१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

कोरोना सङ्क्रमण फैलिएका देशबाट स्वदेश फर्केकासहित भक्तपुरका ४५७ जनाको कोरोना परीक्षणमा १६ जनाको रिपोर्ट आउन बाँकी रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिए ।
 
भक्तपुर अस्पतालले शुक्रबार एकै दिन विदेशबाट फर्किएका ४९ जनाको कोभिड–१९ परीक्षण गरेकामा सबैको र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको छ । 

आठ जनाको स्वाब नमूना सङ्कलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको उनले जानकारी दिए । 

डा. गौतमले एक जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको जानकारी दिए । 

अस्पतालले आइसोलेसन वार्डलाई बढाएर २१ श्ययाको व्यवस्था गरेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि