बैशाख २१, २०८१, शुक्रबार
               

उदयपुरका कोरोना संक्रमितमध्ये ११ जना भारतीय नागरिक

नेपाल फ्ल्यास
बैशाख ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । शुक्रबार उदयपुरमा रोना संक्रमित पुष्टि भएका १२ जनामध्ये ११ जना भारतीय नागरिक रहेका छन् । ती सबै १२ जनालाई अस्पताल भर्ना गरिएको छ ।

उदयपुरको मस्जिदमा लुकेर बसेका कोरोना संक्रमितलाई विराटनगरको कोशी अस्पतालको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको हो । शुक्रबार राति कोरोना संक्रमित भेटिएका  १२ जनामध्ये एक जना नेपाली  हुन् ।

उनीहरू सबैलाई कोसी अस्पतालको कोरोना विशेष आइसोलेसनमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्रले बताइन् ।
 


कस्तो लाग्यो ?

यो पनि