असोज ०६, २०८१, आइतबार
               

नेपालमा दुई दिनदेखि नयाँ संक्रमित फेला परेनन्

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा गरिएको परीक्षणमा कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण नभेटिएको जनाएको छ।

बुधवार पनि कुनै सङ्क्रमित फेला परेका थिएनन्।

बिहीवार अपराह्ण नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले विगत २४ घण्टामा पीसीआर विधिबाट ३६९ वटा नमुनाको परीक्षण गरिएको तर कसैमा पनि कोरोनाभाइरस नभेटिएको बताए।

उनका अनुसार सो अवधिमा कुल ३,२६३ व्यक्तिबाट सङ्कलित नमुना को आरडिटी  विधिबाट परीक्षण गरिएको थियो।

आरडीटी विधिबाट परीक्षण गर्दा रगतको नमुनामा एन्टीबडी देखिएमा सम्भावित सङ्क्रमित व्यक्तिको घाँटीबाट सङ्कलित नमुना गरी त्यसमा भाइरस भए नभएको हेर्न पिसिआर विधिबाट थप परीक्षण गरिन्छ।


कस्तो लाग्यो ?

यो पनि