मंसिर ०१, २०८१, शनिबार
               

भेरी अस्पतालमा पिसिआर प्रविधिबाट कोरोना परीक्षण हुने

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडाै‌ं ।  प्रदेश ५ को भेरी अस्पतालमा शुक्रबारदेखि पिसिआर प्रविधिमार्फत् कोरोना  परीक्षण सुरु हुने भएको छ ।    

परीक्षणका लागि काठमाडौंबाट गएको विज्ञसहितको टोलीले अस्पतालका माइक्रोबायोलोजिस्टलाई पिसिआर(पोलिमरेज चेन रियाक्सन) ल्याबको निरीक्षण, यन्त्रको जाँच र आवश्यक तालिम दिएपछि शुक्रबारदेखि परीक्षण सुरु हुने अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डा प्रकाशबहादुर थापाले कोरोना परीक्षण गर्ने पिसिआर मेसिन एक साताअघि नै अस्पतालमा जडान भइसके पनि सञ्चालनविज्ञ र आवश्यक किट केन्द्रबाट आउन ढिलाइ भएकाले तत्काल परीक्षण सुरु हुन सकेको बताए ।

परीक्षणका लागि पिसिआर परीक्षणको मूल यन्त्र र अन्य सहायक उपकरण जडान गरिएको र  आवश्यक जनशक्ति र पर्याप्त किट भए दिनमा एक सयभन्दा बढी नमुना परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ ।

यो पनि