असोज ०६, २०८१, आइतबार
               

बेलायतबाट फर्किएकी एक महिला आइसोलेसनमा

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

चितवन । चितवनको राप्ती नगरपालिकाकी एक महिलालाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ । 

चैत ५ गते बेलायतबाट आएकी  ६५ वर्षीया महिलामा र्‍यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई आइसोलेसनमा राखी उपचार गरिएको हो । 

उनीसँगै हङकङ  हुँदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ ।

र्‍यापिड डायग्नोष्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो । 

राप्तीबाट ल्याइएका तीनै जनाको पिसीआर विधिबाट आज परीक्षण गरिने भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।  


कस्तो लाग्यो ?

यो पनि