असोज ०६, २०८१, आइतबार
               

चिकित्सकमाथि कुटपिट प्रकरणः चिकित्सक संघको यस्तो चेतावनी

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीबाट चिकित्सकमाथि  हातपात र लाठीचार्ज गरिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत मेडिसिन विभागका आवासीय चिकित्सकहरु र कान्तिबाल अस्पतालमा न्याम्सका आवासीय चिकित्सक स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो कोठामा फर्किने क्रममा प्रहरीबाट हातपात र लाठीचार्ज गरिएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो निवास फर्कने क्रममा परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट चिकित्सकमाथी हातपात गर्ने, लाठिचार्ज गर्ने जस्तो अन्यन्तै अमानवीय क्रियाकपालप्रति नेपाल चिकित्सक संघले घोर भत्र्सना र निन्दा गर्दै अबिलम्ब त्यस्ता प्रहरीहरुको छानबीन गरी कानूनी कारवाही गर्न संघले माग गरेको हो ।

‘मिति २०७६ चैत्र २२ गतेको मन्त्रीपरिषद्को बुँदा नम्बर २ को निर्णय अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारको क्रममा संलग्न चिकित्सक, नर्स, र प्राविधिक स्वास्थ्यकर्मीहरुको सुरक्षाको प्रबन्ध गृह मन्त्रालयले मिलाउने र उपचारको क्रममा संलग्न स्वास्थ्यकर्मीहरुलाई बाधा विरोध गर्ने व्यक्तिहरुलाई डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यसम्पादनमा बाधा, विरोध गर्नेलाई हुनेसरहको प्रचलित कानून बमोजिमको कारवाही गर्ने निर्णयको मसि सुक्न नपाउँदै यस्तो दुःखद र निन्दनीय घटना हुनुले नेपाल चिकित्सक संघलाई स्तब्ध तुल्याएको छ,’ महासचिव डा। बद्री रिजालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

हालको उत्पन्न महामारीसँग जुध्नका लागि युद्ध मैदानमा होमिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरुलाई यस्तो अमानवीय र अक्षम्य घटना घटाउनेमाथी कानूनी कारवाही नगरिएको खण्डमा यसले देशभरको समग्र स्वास्थ्यसेवा प्रवाहलाई गम्भीर असर पार्ने सक्ने तर्फ सचेत रहन संघले चेतावनी दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि