असोज ०६, २०८१, आइतबार
               

सनसिटी अपार्टमेन्ट ब्लक एमा बस्ने दुई सय ९६ जनाकै कोरोना नेगेटिभ

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

 

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा गरिएको र्‍यापिड टेस्टमा सबैको रिपोर्ट नेगेटिभ देखिएको छ ।  

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गर्दा सबैको रिपार्ट नेगेटिभ आएको हो । 

कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले सनसिटीको ए ब्लकमा बस्ने सबैको  र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी  दुई सय ९६ जनाको टेस्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको जानकारी दिएका छन् ।

सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ करिब पाँच सय परिवारका एक हजार पाँच सय मानिस बस्दै आएका जनाइएको छ । 

अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट र्‍यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।

र्‍यापिट टेस्ट गरिएकामध्ये सबैमा कोरोना नेगेटिभ देखिएपछि ब्लक एमा बस्नेहरुले खुसियाली मनाएका छन् ।  

यो पनि