जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौँ महानगरका एक वडा अध्यक्षमा संक्रमणको आशंका !

नेपाल फ्ल्यास
बैशाख ०३, २०७७

ADVERTISEMENT

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका एक जना वडा अध्यक्षलाई कोरोना संक्रमणको आशंका गरिएपछि महानगरका उच्च अधिकारीहरूमा अनपेक्षित खैलाबैला मच्चिएको छ ।

सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित पुरुषको सम्पर्कमा काठमाडौँ महानगरपालिकाका एक जना वडा अध्यक्ष रहेको खुलेपछि यस्तो खैलाबैला मच्चिएको हो ।

बेलायतबाट फर्किएर सनसिटी अपार्टमेन्टमा बसेका ती पुरुषसँग वडा अध्यक्षको घनिष्ठ सम्बन्ध थियो । २९ दिनअघि उनी नेपाल फर्किएका थिए । ती व्यक्तिसँगै बसेर वडा अध्यक्षले मदिरापान समेत गरेको खुलेको छ ।

नेपाली कांग्रेसबाट विजयी ती वडा अध्यक्षबारे विस्तृत सूचना नेपाल फ्ल्यासलाई प्राप्त भए पनि गोपनीयताका कारण उनको नाम खुलाइएको छैन । तर ५८ वर्षीय बेलायतबाट फर्केका पुरुषलाई कोरोना संक्रमण पुष्टि भएपछि वडा अध्यक्ष आफैँ सशंकित थिए ।

यसबीचमा काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य र महानगरका उच्च अधिकारीसँग ती वडा अध्यक्षको पटकपटक बैठक भएको थियो । मेयर तथा अन्य उच्च अधिकारीहरूमा यो सूचना पाएपछि खैलाबैला मच्चिएको हो ।

त्यसपछि राष्ट्रिय सभागृहस्थित महानगरपालिका कार्यालयमा प्रमुखसहित उच्च अधिकारीहरूको बुधबार नै आकस्मिक बैठकसमेत बसेको छ । त्यसपछि परीक्षणका लागि तत्कालै सम्बन्धित वडा कार्यालयमा प्रहरीसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको छ । टोलीले वडा अध्यक्षको र्‍यापिड टेस्ट किटबाट परीक्षण गर्ने तयारी गरिरहेको छ ।

कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा रहँदा संक्रमण सर्ने खतरा रहन्छ । तर सम्पर्कमा आएका सबैमा संक्रमण सर्ने भन्ने हुँदैन ।


कस्तो लाग्यो ?

यो पनि