जेठ ०४, २०८१, शुक्रबार
               

सप्तरीमा भारतबाट फर्किएका दुई जनामा संक्रमणको आशंका

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

सप्तरी । सप्तरीमा पनि र्‍यापिड किटबाट गरिएको परीक्षणमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ ।

संभावित कोरोना संक्रमणबारे स्पष्ट हुन पीआरसी परीक्षणका लागि उनीहरूको स्वाब लिइएको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका एक चिकित्सकले नेपाल फ्ल्यासलाई जानकारी दिएका छन् ।

ती दुवैजना दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भएर फर्किएका हुन् । संभावित संक्रमित एक जना तिलाठी कोइलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिका निवासी हुन् ।

उनीहरू पाँच साताअघि दिल्लीको निजामुद्धिनमा भएको तबलिकी जमातमा सहभागी भएर फर्किएका हुन् । भारतमा संक्रमण फैँलनुमा सो धार्मिक भेलालाई प्रमुख मानिएको छ ।

त्यसैगरी दिल्लीबाट फर्किएका अरु ५ जनामा भने र्‍यापिड किटबाट परीक्षण गर्दा कोरोना संक्रमण देखिएको छैन । नेपालमा र्‍यापिड किटबाट गरिएको परीक्षणको अन्मित रिपोर्ट फरक पनि आएको छ । यसको विश्वसनीयता ६० प्रतिशतमात्र मानिन्छ ।


कस्तो लाग्यो ?

यो पनि