जेठ ०४, २०८१, शुक्रबार
               

धादिङमा र्‍यापिड टेस्टले एक जनामा कोरोना ‘शंकास्पद’ देखायो, स्वाब टेस्ट गरिने

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकामा भएको आरडिटी परीक्षणमा एक जना युवकमा कोरोनाको लक्षण देखिएको छ।

दक्षिण कोरिया बसेर फागुन २० गते घर फर्किएका एक जना युवकमा आरडिटी परीक्षण ‘पोजेटिभ’ देखिएको हो।

विदेशबाट आएदेखि उनलाई होम क्‍वारेन्टाइनमा राखिएको थियो। २७ वर्षीय ती युवकलाई आजै काठमाडौं पठाउने तयारी भइरहेको गाउँपालिकाले जनाएकाे छ।

गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आउने सबैको आरडिटी परीक्षण गर्ने क्रममा एक जनाकाे पोजेटिभ देखिएकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि