जेठ ०४, २०८१, शुक्रबार
               

पेप्सीकोलाका एक जनामा भने देखिएन संक्रमण

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा रहेका एकै परिवारका तीन जनामध्ये एक जनामा भने कोरोना भाइरसको संक्रमण देखिएन ।

२८ दिनअघि बेलायतबाट आएका दुईजनामा भने कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तेस्रो व्यक्तिमा भने कोरोनाको संक्रमण नदेखिएको हो ।

 कोरोनाको आशंकामा उनीहरुलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । र्‍यापिड टेष्टमा उनीहरूमा कोरोना संक्रमण देखिएको थियो । त्यसलगत्तै सनसिटी अमार्टमेन्टलाई सिलबन्दी गरेर स्वाब संकलन गरिएको थियो ।

मन्त्रालयले ८१ वर्षीया महिला र ५८ वर्षीय पुरुषको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएकी जनाउँदै अर्का एक जनामा भने संक्रमण नदेखिएको स्पष्ट पारेको छ ।

यसअघि कोरोना स‌ंक्रमणको आशंका गरिएको तीन जनामध्ये दुई जनाको संक्रमणको समाचार सार्वजनिक भए पनि तेस्रो व्यक्तिबारे स्पष्ट जानकारी आएको थिए ।

हेर्नुस् स्वास्थ्य मन्त्रालयको जानकारी

 


कस्तो लाग्यो ?

यो पनि