जेठ ०४, २०८१, शुक्रबार
               

काठमाडौंमा एकै परिवारका तीन जनालाई कोरोना आशंका

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

काठमाडौँ । नेपालमा कोरोना संक्रमित दुई जना थपिएकै दिन थप तीन जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । आशंका गरिएका तीनै जनाको पाटन अस्पतालको आइसोलेसन उपचार भइरहेको छ ।

काठमाडौँको पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनाको र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमण देखिएको हो । र्‍यापिड टेस्टको विश्वसनीयता ६० प्रतिशत मात्रै हुन्छ । आइतबार मात्रै बागलुङमा र्‍यापिड टेस्टमा संक्रमण देखिएकोमा पीपीआर प्रविधिबाट गरिएको परीक्षणमा कोरोना नेगेटिभ (नभएको) पाइएको थियो ।

नेपाल प्रहरीका एक उच्च अधिकारीले नेपाल फ्ल्यासलाई दिएको जानकारीअनुसार चैत ५ गते लन्डनबाट नेपाल आएका उनीहरू सनसिटी अपार्टमेन्टको १५औँ तलामा बस्दै आएका थिए । आमा, छोरा र बुहारीलाई र्‍यापिड टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनीहरूको पीसीआर प्रविधिबाट परीक्षणका गर्नका लागि स्वाब राष्ट्रिय प्रयोगशाला पठाइएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि