जेठ ०४, २०८१, शुक्रबार
               

कोरोना राहत कोषमा राखेपको ३२ लाख

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

ADVERTISEMENT

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड १९) राहत कोषमा ३२ लाख २६ हजार २३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ ।

राखेपका पदाधिकारी र कर्मचारीको चैत महिनाको केहि प्रतिशत तलब कट्टा गरी उक्त रकम कोषमा जम्मा गरिएको राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख एवं प्रवक्ता कुलबहादुर थापाले जनाएका छन् । नेपाल सरकारको निर्णयानुसार राहत कोषमा रकम जम्मा गरिएको थापाले जानकारी गराए ।

यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालको पहलमा कोरोना भाइरस (कोभिड १९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउदै आएका मजदुर, अपाङ्ग, एकल महिला, गरिब र विपन्न परिवारलाई सोमबार राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको छ ।

सदस्य–सचिव सिलवालको अनुरोधमा द्घारिका होटल र नोबेल कलेजले काठमाडौं महानगरपालिका वडा ९ का ६ सय परिवारलाई राहतको व्यवस्था मिलाएको हो । 

 


कस्तो लाग्यो ?

यो पनि