जेठ ०४, २०८१, शुक्रबार
               

सोमबारमात्र दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस बिफिङ गर्दै थप दुई जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

पछिल्लोपटक रौतहटमा क्वारेनटाइनमा रहेका एक १९ वर्षीय युवकमा कोरोना संक्रमण भेटिएको हो । ती युवक क्वारेन्टाइनमा बसेका थिए ।

त्यसैगरी समाचारमा सोमबार बिहान नै सार्वजनिक भइसकेको कैलालीमा ६५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमितको संख्या १४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्दै गएकोले सावधानी अपनाउन र लकडाउनको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

हेर्नुस् सवास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको प्रेस बिफ्रिङ


कस्तो लाग्यो ?

यो पनि