जेठ ०४, २०८१, शुक्रबार
               

कैलालीमा थप एक जनामा कोरोना संक्रमण, नेपालमा कुल १३ जना संक्रमित

नेपाल फ्ल्यास
बैशाख ०१, २०७७

प्रतिकात्मक फोटो
ADVERTISEMENT

धनगढी : कैलालीको लम्की चुहास्थित ६५ वर्षीया एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

उनी १७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की गएकी थिइन् । त्यहाँ आफन्तकोमा बसेकी उनलाई स्थानीय सरकारले क्वारेन्टाइनमा राखेको थियो ।

लम्की चुहा नगरपालिका १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको छ । एक स्वास्थ्यकर्मीका अनुसार ती महिला लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन । र्‍यापिड टेस्टमा नेगेटिभ देखिएको उनको काठमाडौंमा परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पताल स्रोतले बताएको छ ।

सरकारले भने यसको आधिकारिक घोषणा गरिसकेको छैन । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ ।

 

 


कस्तो लाग्यो ?

यो पनि