जेठ ०४, २०८१, शुक्रबार
               

१३ जना राजदूतकाे एक महिनाको तलब कोरोना उपचार कोषमा

नेपाल फ्ल्यास
चैत ३०, २०७६

सांकेतिक
ADVERTISEMENT

१३ जना नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र युएईका नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निणर्य गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए । 

नेपाली राजदूतहरु मलेसियाका लागि उदयराज पाण्डे, म्यानमाका लागि भीमकृष्ण उदास, अष्ट्रेलियाका लागि दाहाल र थाइल्याण्डका लागि गणेशप्रसाद ढकालले कोषमा योगदान गर्ने घोषणा गरेका हुन् ।  

त्यस्तै कतारका लागि नारदनाथ भारद्वज, इजराइलका लागि डा अञ्जना शाक्य, इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, युएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि