बैशाख २४, २०८१, सोमबार
               

भारतमा बढ्दै संक्रमण र मृत्यु, यस्तो छ सार्क देशको अवस्था

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

काठमाडौँ । दक्षिण एसियाली सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रहरू पनि यतिबेला कोरोना संक्रमणविरुद्धको अभियानमा छन् ।

प्राय सबैजसो देशमा लकडाउन छ । भूगोल र जनसंख्या दुवै आधार ठुलो देश भारतमा संक्रमण विस्तार हुँदै गएको छ । त्यहाँ मृत्यु पनि सर्वाधिक छ । सुरुमा पाकिस्तानमा बढी संक्रमण देखिए पनि पछिल्ला दिनहरुमा भारतमा मृत्यु र संक्रमण बढ्दै गएको हो । भारतमा संक्रमणको अवस्था नियन्त्रणमा हुँदा नेपालका लागि पनि सहज अवस्था हो । भारतसँगको खुला सीमानाका कारण कोरोना संक्रमणको फैलावट पनि परनिर्भर जस्तै बनेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच कोरोना संक्रमण नियन्त्रणबारे टेलिफोन वार्ता भएको थियो । सो वार्तामा पनि सीमामा आवतजावत नियन्त्रण गर्ने विषयमा पनि छलफल भएको थियो ।

सार्क सदस्य मुलुकमध्ये सबैभन्दा कम संक्रमित भुटानमा छन् । भुटानमा ५ जना संक्रमित देखिएकोमा २ जना ठीक भइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म भारताम ८ हजार ५०४ जना संक्रमित पुष्टि भइसकेको छ । त्यहाँ २८९ जनाको मृत्यु भएको छ भने ९७२ जना उपचारपछि ठीक भएका छन् ।

त्यसपछि पाकिस्तानमा ५ हजार ३८ जना संक्रमित भएका छन् । त्यहाँ ८६ जनाको ज्यान गइसकेको छ ।

माल्दिभ्स, नेपाल र भुटानमा अहिलेसम्म मानवीय क्षति भएको छैन ।

यस्तो छ सार्क सदस्य मुलुकको अवस्था

  देश संक्रमित मृत्यु निको
भारत
India
८,५०४ २८९ ९७२
पाकिस्तान
Pakistan
५,०३८ ८६ १,०२६
अफगानिस्तान
Afghanistan
५५५ १८ ३२
बंगलादेश
Bangladesh
४८२ ३० ३६
श्रीलंका
Sri Lanka
१९९ ५४
माल्दिभ्स
Maldives
२० १३
नेपाल
Nepal
१२
भुटान
Bhutan

कस्तो लाग्यो ?

यो पनि