जेठ ०४, २०८१, शुक्रबार
               

वीरगञ्जमा रहेका तीन भारतीय नागरिकमा कोरोना संक्रमण

नेपाल फ्ल्यास
चैत ३०, २०७६

ADVERTISEMENT

पर्सा । वीरगञ्जमा तीन जना भारतीय नागरिकको स्वास्थ्य रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।

गत बिहीबार वीरगञ्जबाट नमुना संकलन गरी हेटौंडाको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको थियो । 

त्यसपछि पुनः दोस्रो परीक्षणका लागि लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाइएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा समेत  उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । यसबारे स्वास्थ्य मन्त्रालयले आधिकारिक रुपमा सार्वजनिक गर्न बाँकी छ । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएसँगै संक्रमितको जम्मा संख्या १२ पुगेको छ ।

भारतबाट आएका २४ जनासहित गरी ३३ जनाको नमुना संकलन गरी गत बिहीबार हेटौंडा प्रयोगशाला पठाइएको थियो । 

वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबारदेखि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । 

उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् ।

सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन उनीहरु नेपाल आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि